भारतसँगै बंगलादेशमा समेत विद्युत् निर्यातको ढोका खुल्यो : प्रधानमन्त्री

हिमाल प्रेस १९ पुष २०८० १७:४९
10
SHARES
भारतसँगै बंगलादेशमा समेत विद्युत् निर्यातको ढोका खुल्यो :  प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा भएको बताएका छन्।

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज (बिहीबार) उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे।

आफ्नो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताए। ‘यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बंगलादेशमा समेत विद्युत् निर्यातको ढोका खुलेको छ,’  उनले भने, ‘अब भारतको ग्रीड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ।’

प्रकाशित: १९ पुष २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =