हरिबोल गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत

हिमाल प्रेस १९ पुष २०८० १३:२६
8
SHARES
हरिबोल गजुरेलको राजीनामा एक महिनापछि स्वीकृत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।  प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको गजुरेलले जनाएका छन्। ‘मलाई पनि राजीनामा स्वीकृत भएको कुरा एकजना भाइले भन्नुभयो। अनि थाहा भएन।’ गजुरेलले भने।

यता प्रचण्डले भने प्रमुख राजनीतिक सल्लाहकारको रूपमा वर्षमान पुन ‘अनन्त’लाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पुनलाई अवैतानिक सल्लाहकार रूपमा जिम्मेवारी दिइएको जनाइएको छ।

प्रकाशित: १९ पुष २०८० १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =