राष्ट्रियसभामा सत्ता गठबन्धन र एमाले मिल्ने विषयमा माधव नेपालको असहमति

हिमाल प्रेस १९ पुष २०८० ११:५४
18
SHARES
राष्ट्रियसभामा सत्ता गठबन्धन र एमाले मिल्ने विषयमा माधव नेपालको असहमति

काठमाडौँ- राष्ट्रियसभा सिट बाँडफाँटका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।

राष्ट्रियसभामा नेकपा एमालेलाई पनि सिट बाँडफाँट गर्नुपर्ने विषयमा सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षीलाई समेट्न नसकिने बताएपछि सहमति हुन सकेन। ‘सिट बाँडफाँटका लागि नै बैठक बस्यो। तर सहमति हुन सकेन।’ कांग्रेस सचेतक रमेश लेखकले बैठकपछि भने,‘बेलुका फेरि बैठक बस्नेछ।’

बैठकमा सहभागी एक नेताका अनुसार एमालेले सत्ता गठबन्धनसँग ६ सिट मागेको प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा बिफ्रिङ गरेका थिए।

त्यसपछि समाजवादी अध्यक्ष नेपालले सोही प्रस्ताव मान्य नहुने बताएका थिए। आज बेलुका फेरि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक बस्ने जनाइएको छ। यसअघि हिजो बेलुका समेत एमालेसहित सत्ता गठबन्धनको बैठक बसेको थियो। सोही बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिष्यसभा निर्वाचनमा आफूहरूलाई शून्य नबनाइदिन अनुरोध गरेका थिए।

यसपछि सत्ता गठबन्धनमा एमालेलाई पनि भागबन्डा गर्नुपर्ने दबाब बढेको छ। आउँदो माघ ११ मा राष्ट्रिसभाको निर्वाचन हुँदैछ।

निर्वाचनमा एमालेका १० (एक मनोनीत)को पदावधि सकिँदैछ। सत्ता गठबन्धन र एमाले छुट्टाछुट्टै लडे एमाले निल हुने निश्चितः छ। यही कारण ओली सत्तारुढ दलसँग नजिँकिएका हुन्।

प्रकाशित: १९ पुष २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =