जापानमा भूकम्प : मृत्यु हुनेको संख्या ६४ पुग्यो

हिमाल प्रेस १८ पुष २०८० १५:००
32
SHARES
जापानमा भूकम्प : मृत्यु हुनेको संख्या ६४ पुग्यो तस्बिर : एएफपी/रासस

टोकियो- जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

७‍.६ म्याग्निच्युडको भूकम्पबाट इशिकावाको बाजीमा सहरमा संरचनात्मक क्षति तथा आगलागी भएको छ। बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन।

भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा मंगलबार साँझ ४‍‍.६ म्याग्निच्युड र बुधबार बिहान ५‍.४ पराकम्पन गएका छन्। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पीय तीव्रता स्केल ७ रहेको र जमिनमा उभिन कठिन भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन्।

भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन्।

मौसम अधिकारीहरूले अर्को दुई, तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउनसक्ने चेतावनी दिएका छन्। रासस/सिन्ह्वा

प्रकाशित: १८ पुष २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =