दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल

हिमाल प्रेस १८ पुष २०८० ८:१९
6
SHARES
दुग्ध विकास आयोजना बालाजुको छड्के अनुगमनमा मन्त्री भुसाल बेदुराम भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मंगलबार बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।

लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।

मन्त्री भुसाल, मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलसहितको अनुगमनमा यो आयोजनाका २ सय ५१ कर्मचारी मध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ। जसमा जुनियर टेक्निसियन असिस्टेन्ट विजय कुमार यादव विहीबारसम्म बिदामा बसेर हाजिरी गरेको पाइएको छ।

यस्तै आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ।

केही महिना अगाडी खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न भनिएपनि अझै नष्ट नगरेको पाइएको छ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले आयोजा प्रमुख गणेश कुमार यादवलाई तत्काल सुधारका काम गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १८ पुष २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =