रास्वपा सभापति लामिछानेले मागे सरकारसँग १० प्रश्नको जबाफ

हिमाल प्रेस १४ पुष २०८० २०:४३
8
SHARES
रास्वपा सभापति लामिछानेले मागे सरकारसँग १० प्रश्नको जबाफ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारसँग देशका जल्दाबल्दा विषयसँग सम्बन्धित १० वटा प्रश्नको जबाफ मागेका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत सरकारसँग जबाफ माग गरेका हुन्।

लामिछानेको प्रश्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडबडी-यती-ओम्नी-गिरिबन्धु काण्ड, नारायणघाट-बुटवल र मुग्लिन-पोखरालगायत सडक र प्रधानमन्त्री एवम् मन्त्रीको विदेश भ्रमणसँग सम्बन्धित छन्।

उनले शनिबार सुजन राउत र वीरेन्द्र शाहका परिवारसँग कुरा गर्दा आफू विक्षिप्त बनेको बताएका छन्। राउत र शाह शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा मारिएका थिए।

सभापति लामिछानेले भनेका छन्, ‘आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने?’ उनले शनिबारदेखि रास्वापाले देशभर विरोध कार्यक्रम सुरु गरेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौँ। रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ-हुन्छ।’

लामिछानेले लेखेका छन् :

जवाफ चाहियो सरकार
• नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?
• ललिता निवास काण्डमा दोषी उम्काउने?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?
• वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने?
आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ।

 

प्रकाशित: १४ पुष २०८० २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =