लेखनाथ महोत्सवको गेट नजिकै बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

हिमाल प्रेस १४ पुष २०८० १२:२२
14
SHARES
लेखनाथ महोत्सवको गेट नजिकै बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

पोखरा- पोखराको लेखनाथमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। २ जना घाइते छन् ।

बागलुङबाट पोखरा हुँदै भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बसले
लेखनाथ महोत्सवस्थल गेट नजिकै शनिबार बिहान सडक किनारमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो।

घाइतेमध्ये फुटपाथमा व्यापार गर्ने भारतकी ईश्श्रावती कुमारीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए।

घाइते तनहुँ म्याग्दे १ का ४६ वर्षीय रामजी गन्धर्व र पर्साको दीप १ की ४६ वर्षीया चिजमाया गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ।

बस ब्रेक फेल भएर उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ पुष २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =