राष्ट्रियसभाको निर्वाचनका लागि १४ निर्वाचन अधिकृतको नाम प्रस्ताव

हिमाल प्रेस १२ पुष २०८० ६:५७
6
SHARES
राष्ट्रियसभाको निर्वाचनका लागि १४ निर्वाचन अधिकृतको नाम प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुंग्याएको छ।

न्याय परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोग पदाधिकारीले बिहीबार वा शुक्रबार निर्वाचन अधिकृत नियुक्त गर्नेछ। परिषद्ले ७ जना निर्वाचन अधिकृतमा नियुक्त हुने न्यायाधीश र ७ जना अतिरिक्त गरी १४ जनाको नाम प्रस्ताव गरेको छ।

कोशी प्रदेशमा मोरङका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशमा जिल्ला अदालत धनुषाका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशमा जिल्ला अदालत मकवानपुरका न्यायाधीश महेन्द्रबहादुर कार्की र लुम्बिनी प्रदेशमा जिल्ला अदालत दाङका न्यायाधीश कृष्णसुर कार्कीको नाम न्याय परिषद्ले सिफारिस भएको छ।

त्यसैगरी कर्णाली प्रदेशमा जिल्ला अदालत सुर्खेतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको नाम सिफारिस भएको हो।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते राष्ट्रियसभा सदस्य पदको उम्मेदवारी दर्ता हुँदैछ। पुस १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

प्रकाशित: १२ पुष २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =