धरौटी बुझाएपछि रिहा भए शरणार्थी नेता टेकनाथ रिजाल

हिमाल प्रेस १२ पुष २०८० ६:३५
40
SHARES
धरौटी बुझाएपछि रिहा भए शरणार्थी नेता टेकनाथ रिजाल टेकनाथ रिजाल

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन्। सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर आज रिहा भएका हुन्।

उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमै थिए। धरौटी बुझाएपछि उनी आज रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए।

रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झन्डै एक महिना कारागारमा रहनुपर्‍यो गत मंसिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो।

काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण आज मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ।

प्रकाशित: १२ पुष २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =