सरकारप्रति असन्तुष्ट विप्लव, समाजवादी मोर्चामा दरार

हिमाल प्रेस ११ पुष २०८० ११:२९
8
SHARES
सरकारप्रति असन्तुष्ट विप्लव, समाजवादी मोर्चामा दरार

काठमाडौँ- सरकारको गतिविधिबाट नेपाल कम्युनिस्ट पार्टी असन्तुष्ट देखिएको छ। सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ असन्तुष्ट देखिएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा सरकारका गतिविधिप्रति विप्लवले प्रश्न उठाएका थिए। ‘मैले बैठकमै भने कि मोर्चा गतिशिल भएन।’ हामीमाथि दोहोरो चरित्र देखाइयो।’ बैठकबाट निस्किदै विप्लवले सन्चारकर्मीहरूसँग भने,‘सहमति गर्ने अनि कार्यान्वयन नगर्ने प्रवृत्ति बढ्यो।’

उनले माेर्चा सुस्ताएको समेत बताएका थिए। ‘जे योजनाले मोर्चा निर्माण गरिएको थियो भएन।’ विप्लवले भने। उनको अभिव्यक्तिसँगै आजै बेलुका मोर्चाको बैठक बस्नेछ। बैठकमा सबै पक्षको कुरा राखेर लिखितसहित सार्वजनिक गर्ने तयारी छ।

विप्लवले आफूहरूलाई पक्राउ पुर्जी जारी गरिएको बारे बैठकमा जानकारी गराएका थिए। उनले बैठकमा आफूहरूसँग गरिएको ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। उनले बैठकमा सरकारले घराबन्दी गरेको गुनासो गरेका थिए। तत्कालीन केपी ओली सरकारसँग ३ बुँदे सहमति गर्दै विप्लव खुला राजनीतिमा आएका थिए।

हालसम्म पनि सहमति कार्यान्वयन भएको छैन। सहमतिपत्रमा पक्राउ गरेकालाई रिहाइ गर्ने, मुद्दा फिर्ता लिने र विप्लवको पार्टीको प्रतिबन्द हटाउने थियो। सरकारले मुद्दा फिर्ता नलिएका कारण अहिले पनि अदालतले पक्राउ पुर्जी गरेको छ। यसप्रति मुख्यतः विप्लव असन्तुष्ट छन्। यसअघि कपिलबस्तुमा बसेको नेकपाको बैठकमा पनि पक्राउ पुर्जीबारे छलफल भएको थियो।

प्रकाशित: ११ पुष २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =