एक पिरियड ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध

हिमाल प्रेस ११ पुष २०८० ९:४०
462
SHARES
एक पिरियड ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न अनुरोध

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आइतबार पत्र पठाउँदै ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालनका लागि विद्यालयहरूलाई परिपत्र गर्न अनुरोध गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पठाएको पत्र बुझ्दै शिक्षा मन्त्रालयले आज परेकाे राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा एक पिरियड जेष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालनका लागि केन्द्रलाई अनुरोध गरेको हो।

‘सम्पूर्ण विद्यालयमा सामाजिक शिक्षाको अध्यापन सत्रमा ज्येष्ठ नागरिकसम्बन्धी विषयमा शिक्षण सिकाइको कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएकाले सो अनुसार उक्त दिनको एक सत्रमा सम्पूर्ण विद्यालयमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्ने व्यवस्था हुने निर्णयानुसार अनुरोध छ।,’ मन्त्रालयले पत्रमा भनेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =