शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गरिने

हिमाल प्रेस १ जेठ २०८१ १६:४५
856
SHARES
शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ– सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।

सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षकलाई छात्रवृत्ति तथा नेतृत्व विकासका अवसर प्रदान गरी शिक्षण पेसालाई थप आकर्षण, गुणस्तरीय र मर्यादित बनाउने बताए।

शिक्षकको सरुवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायत विषयमा एकीकृत जानकारी दिने एकीकृत विद्युतीय प्रणाली सञ्चालनमा ल्याइने पनि पौडेलले बताए।

प्रकाशित: १ जेठ २०८१ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =