महोत्सव उद्घाटनका लागि बागलुङ जाँदै राष्ट्रपति

हिमाल प्रेस ११ पुष २०८० ६:३९
36
SHARES
महोत्सव उद्घाटनका लागि बागलुङ जाँदै राष्ट्रपति फाइल तस्बिर

बागलुङ- सातौं बागलुङ महोत्सव आजबाट हुँदैछ। महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिने भएको छ ।

महोत्सव उद्घाटन गर्न आज राष्ट्रपति पौडेल बागलुङ जाँदैछन्।

बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने तोरण टाँगेर बजारलाई शृंगारिएको छ। महोत्सवको सबै तयारी पूरा भएको छ। बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले भने, ‘राष्ट्रपतिलाई स्वागत गर्न बजारबासी आतुर छौं । महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने भएपछि बागलुङबासी उत्साहित भएका छन् ।’

राष्ट्रपति पौडेलले बुधवार बिहान १० बजे बागलुङ आइपुग्ने संघका अध्यक्ष कँडेलले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका –४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

मन्दिर दर्शनपश्चात दिउँसो १ बजे धौलागिरी बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलले महोत्सवको उदघाटन गर्नेछन्।

महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातीका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ। महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सयसय ६९ वटा स्टल तयार पारिएको छ। महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ।

प्रकाशित: ११ पुष २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =