एकबर्से बीएडको सट्टा पीजीडी एड, पढाइ हुने विषय र क्याम्पससहित

हिमाल प्रेस १० पुष २०८० १२:५०
2.3k
SHARES
एकबर्से बीएडको सट्टा पीजीडी एड, पढाइ हुने विषय र क्याम्पससहित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायमा अधिस्नातक तह (पीजीडी एड) सञ्चालनमा ल्याएको छ। तीन सेमेस्टरको पीजीडी एडमा शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना खुला गरिएको शिक्षाशास्त्र संकाय डिनको कार्यालयले जनाएको छ।

यो तहमा जुनसकै विषय लिई स्नातक तह उत्तीर्ण भएका विद्यार्थीले पनि भर्नाका लागि आवेदन दिन सकिने डिनको कार्यालयको सूचनामा उल्लेख छ। आवेदन फाराम बुझाउने मिति पुस ६ गते माघ ११ गतेसम्मका लागि तोकिएको छ। त्रिविले देशभरका १३ वटा आंगिक क्याम्पसमा यो तहको भर्ना खुलाएको छ।

के हो अधिस्नातक तह?

शिक्षाशास्त्र संकायका सहायक डिन प्रा.डा. शोभाखर कँडेलका अनुसार तीन सेमेस्टरको अधिस्नातक तह नयाँ कार्यक्रम हो। त्रिविले दुई वर्षअघि नै एकबर्से बीएडको कार्यक्रम हटाइसकेको छ।

विद्यालय तहमा शिक्षक बन्न चाहनेका लागि यो तह उपयुक्त विकल्प हुने कँडेल बताउँछन्। सम्बन्धन प्राप्त कलेजमा भने अर्को वर्षदेखि पढाइ हुनेछ। कँडेलले भने, ‘यो एकबर्से बीएडजस्तै हो। यसबाट आधारभूत तहका शिक्षक उत्पादन गर्ने लक्ष्य राखिएको छ।’ स्नातक उत्तीर्ण गरिसकेका व्यक्तिले पीजीडी तह उत्तीर्ण गरेमा १२ कक्षासम्म पढाउन कुनै रोकावट हुने छैन।

कुनकुन विषय पढ्न पाइन्छ?

डिनको कार्यालयका अनुसार १४ वटा विषयमा अधिस्नातक तहमा अध्ययन गर्न पाइन्छ। जस्तै – विज्ञान शिक्षा, गणित शिक्षा, अंग्रेजी शिक्षा, नेपाली शिक्षा, शैक्षिक प्रशासन र सुपरीवेक्षण, सूचना सञ्चार तथा प्रविधि शिक्षा, अर्थशास्त्र शिक्षा, सामाजिक अध्ययन शिक्षा, इतिहास शिक्षा, भूगोल शिक्षा, राजनीतिशास्त्र शिक्षा, जनसंख्या शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र समावेशी शिक्षा ।

स्नातकमा कुन विषय पढ्नेले अधिस्नातकमा के पढ्न पाउँछन्?

विज्ञान शिक्षा : बीएस्सी, बीएस्सी एग्रिकल्चर, बीएस्सी फरेस्ट्री
गणित शिक्षा : गणितमा स्नातक
अंग्रेजी शिक्षा : अंग्रेजीमा स्नातक
नेपाली शिक्षा : नेपालीमा स्नातक
शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा : जुनसुकै विषयमा स्नातक
सूचना सञ्चार तथा प्रविधि शिक्षा : बीआईटी, बीसीए, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर विज्ञानमा स्नातक
अर्थशास्त्र शिक्षा : अर्थशास्त्र वा व्यवस्थापनमा स्नातक
सामाजिक अध्ययन शिक्षा : समाजशास्त्रमा स्नातक
इतिहास शिक्षा : इतिहासमा स्नातक
भूगोल शिक्षा : भूगोल, वातावरण विज्ञान र जनसंख्यामा स्नातक
राजनीतिशास्त्र शिक्षा : राजनीतिशास्त्रमा स्नातक
जनसंख्या शिक्षा : जनसंख्या वा भूगोलमा स्नातक
स्वास्थ्य तथा शारीरिक शिक्षा : मेडिसिन, स्पार्ट्स एजुकेसनमा स्नातक वा जुनसुकै विषयमा स्नातक
समावेशी शिक्षा : जुनसुकै विषयमा स्नातक

अधिस्नातक तह कार्यक्रम सञ्चालित क्याम्पस र पढाइ हुने विषयहरू

महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा

धनकुटा बहुमुखी क्याम्पस, धनकुटा : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा र सामाजिक अध्ययन शिक्षा

सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस, सिरहा : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र गणित शिक्षा

ठाकुरराम क्याम्पस, वीरगन्ज : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र गणित शिक्षा

सानोठिमी क्याम्पस, सानोठिमी, भक्तपुर : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, विज्ञान शिक्षा, जनसंख्या शिक्षा, अर्थशास्त्र शिक्षा, सूचना सञ्चार तथा प्रविधि शिक्षा र समावेशी शिक्षा

महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, विज्ञान शिक्षा, जनसंख्या शिक्षा, अर्थशास्त्र शिक्षा, सूचना सञ्चार तथा प्रविधि शिक्षा, भूगोल शिक्षा, राजनीतिशास्त्र शिक्षा र इतिहास शिक्षा

शिक्षाशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र गणित शिक्षा, विज्ञान शिक्षा, जनसंख्या शिक्षा, अर्थशास्त्र शिक्षा, सूचना सञ्चार तथा प्रविधि शिक्षा, भूगोल शिक्षा, राजनीतिशास्त्र शिक्षा, इतिहास शिक्षा र समावेशी शिक्षा

पृथ्वीनारायण क्याम्पस, पोखरा : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, विज्ञान शिक्षा, जनसंख्या शिक्षा, अर्थशास्त्र शिक्षा, भूगोल शिक्षा, राजनीतिशास्त्र शिक्षा र इतिहास शिक्षा

बुटवल बहुमुखी क्याम्पस, बुटवल : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, विज्ञान शिक्षा, जनसंख्या शिक्षा, अर्थशास्त्र शिक्षा र सूचना सञ्चार तथा प्रविधि शिक्षा

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा र स्वास्थ्य तथा शारीरिक शिक्षा

सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा, सामाजिक अध्ययन शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र गणित शिक्षा र जनसंख्या शिक्षा

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर : नेपाली शिक्षा, अंग्रेजी शिक्षा, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा र सामाजिक अध्ययन शिक्षा

डडेल्धुरा बहुमुखी क्याम्पस, डडेल्धुरा : नेपाली शिक्षा, अंग्रेजी शिक्षा र शैक्षिक प्रशासन तथा सुपरीवेक्षण शिक्षा

शिक्षाशास्त्र नै पढ्नुपर्ने किन? [देशभरका शिक्षा क्याम्पसको सूचीसहित]

प्रकाशित: १० पुष २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =