यमरी पुन्ही तथा ज्यापू दिवस मनाइँदै [तस्बिरहरू]

दिपेश श्रेष्ठ १० पुष २०८० ११:१४
32
SHARES
यमरी पुन्ही तथा ज्यापू दिवस मनाइँदै [तस्बिरहरू]

काठमाडौँ- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मंगलबार नेवार समुदायले यमरी पुन्ही मनाउँदैछन्। यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यमरी बनाउने गरिन्छ।

यमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भएका छन्। बिहान स्नानपछि घरमा लिपपोत गरी यमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्रासनका रूपमा समेत मनाउने गरेका छन्।

परम्पराअनुसार यमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ। यसैगरी नेवार समुदायले मंगलबार ज्यापू दिवस मनाइरहेका छन्।

यमरी पुन्ही तथा २० औँ ज्यापू दिवसका अवसरमा काठमाडौँमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको छ। काठमाडौँको टेंगलबाट सुरु भएको र्‍याली ठमेल, असन, इन्द्रचोक हुँदै वसन्तपुरमा पुगेर टुंगिएको थियो।

ज्यापू संस्कृति विकास कोषले पनि २० औँ ज्यापू दिवसका अवसरमा वसन्तपुरमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरिएको छ। नेपाल भाषालाई कामकाजी भाषा बनाउन योगदान गरेबापत कोषले प्रधानमन्त्रीलाई सम्मान गरेको हो।

प्रकाशित: १० पुष २०८० ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =