वीरगन्‍ज नाकाबाट २ सय ६० जनाको उद्धार

हिमाल प्रेस ८ पुष २०८० १०:०६
8
SHARES
वीरगन्‍ज नाकाबाट २ सय ६० जनाको उद्धार

वीरगन्‍ज- वीरगन्‍ज नाकाबाट एक वर्षको अवधिमा २ सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको हो।

उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेश प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन्। संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेश प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन्।

वीरगन्‍जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन्।

वीरगन्‍ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भंगहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ। रासस

प्रकाशित: ८ पुष २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =