सरकार बनेको सात महिनापछि लुम्बिनीमा थपिए दुई मन्त्री

हिमाल प्रेस ८ पुष २०८० ८:३१
10
SHARES
सरकार बनेको सात महिनापछि लुम्बिनीमा थपिए दुई मन्त्री

दाङ- लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका छन्।

यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रिपरिषद् भएको हो।

नयाँ मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन्।

आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।

प्रकाशित: ८ पुष २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =