कालिका मानवज्ञानमावि शैक्षिक पत्रकारिता पुरस्कारबाट हिमालप्रेसकर्मी परियार पुरस्कृत

हिमाल प्रेस ६ पुष २०८० १९:३९
8
SHARES
कालिका मानवज्ञानमावि शैक्षिक पत्रकारिता पुरस्कारबाट हिमालप्रेसकर्मी परियार पुरस्कृत

बुटवल- कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट हिमालप्रेसकर्मी विनोद परियार पुरस्कृत भएका छन्। कालिका मानवज्ञान मावि बुटवलले ६३ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार परियारलाई नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो।

भिमबहादुर श्रेष्ठ फूलमाया श्रेष्ठ अक्षयकोषद्वारा स्थापित कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव समेत रहेका परियार पुरस्कृत भएका हुन्। परियार हिमालप्रेसका लागि लुम्बिनीबाट रिर्पोटिङ गर्छन्।

विगत १६ वर्षदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता गर्दै आएका परियारले खोजमूलक समाचार प्रकाशित गरेको भन्दै पुरस्कृत गरेको विद्यालयले जनाएको छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, कालिका मानवज्ञान मावि व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, पुरस्कारका संरक्षक भीमबहादुर श्रेष्ठ र प्रधानाध्यापक दिनेश थापाले संयुक्तरूपमा पुरस्कार प्रदान गरे।

त्यस्तै स्व. अरुण पौडेल अक्षयकोषद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट अर्का पत्रकार विकास पराजुली पुरस्कृत भएका छन्। उक्त अवसरमा विद्यालयले १६५ जना विद्यार्थीहरुलाई विभिन्न छात्रवृत्ति वितरण गरेको छ। ६० वटा अक्षयकोषबाट १० लाख बराबरको छात्रवृत्ति वितरण गरिएको जनाइएको छ।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कालिका शिक्षामा अब्बल रहेको बताउँदै अब बुटवललाई पहिचान दिने गरी रचनात्मक काम गर्न सुझाव दिए। उनले उपमहानगरको तर्फबाट शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए।

नगरप्रमुख पाण्डेयले सीप, संस्कार, बुटवलको पहिचान र भूगोल सहितको शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले विद्यालयहरुमा बुटवल भेटिनुपर्ने बताए।

कार्यक्रममा कालिका मानवज्ञान क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द पाण्डेय, प्रधानाध्यापक दिनेश थापा लगायतले बोल्दै कालिकालाई शैक्षिक रूपमा गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए।

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

प्रकाशित: ६ पुष २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =