गोविन्द केसीले तोडे अनशन

हिमाल प्रेस २ पुष २०८० १६:५२
12
SHARES
गोविन्द केसीले तोडे अनशन फाइल तस्बिर

काठमाडौँ- डा. गोविन्द केसीले अनशन तोडेका छन्। धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै केसीले आज सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन्।

स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन्। केसी धनगढीस्थित सेती अस्पतालमा केहीदिन भर्ना भएर उपचारमा रहने उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।

१० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो। धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गरेका थिए ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँपटक अनशनमा बसेका थिए।

प्रकाशित: २ पुष २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =