युवाको पहलमा दरबारमार्गमा खुल्यो रिगल फ्लेभर्स रेस्टुरेन्ट

हिमाल प्रेस १ पुष २०८० १९:२३
498
SHARES
युवाको पहलमा दरबारमार्गमा खुल्यो रिगल फ्लेभर्स रेस्टुरेन्ट

काठमाडौँ- चार जना युवाको पहलमा काठमाडौँको दरबारमार्गमा रिगल फ्लेभर्स रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा ल्याइएको छ। स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक आकाश अधिकारीले जानकारी दिए।

जीवन विज्ञानका अध्यक्ष एलपी भानु शर्माले आइतबार रेस्टुरेन्ट उद्घाटन गर्दै बाँच्ने कला र आध्यात्मिक पक्षबारे प्रवचन दिएका थिए। कार्यक्रममा होटल व्यवसायी, मिडिया र रेस्टुरेन्ट टोली सहभागी थिए।

क्याजुअल डाइनिङ प्रतिष्ठानले अन्नपूर्ण आर्केडको पहिलो तल्लामा विगत ६ महिनाअघि रेस्टुरेन्ट सञ्चालनमा ल्याए पनि यसको औपचारिक उद्घाटन आइतबार गरिएको हो।

युवा पुस्ता स्वदेशमा निराश भएर विदेश गइरहेका बेला विदेशमै अध्ययन गरेर आएका आकाश अधिकारीसहितको टिमले सञ्चालनमा ल्याएको यो रेस्टुरेन्ट युवा पुस्ताका लागि अनुकरणीय हुने विश्वास गरिएको छ।

सञ्चालक अधिकारीले भने, ‘हामी चार युवाले भविष्यलाई ध्यानमा राखेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौँ।’ स्वदेशमै होटल म्यानेजमेन्ट पढेका उनले केही समय विदेशमा गएर ‘इन्टर्न’ गर्ने अवसर पाएका थिए। उनले भने, ‘इन्टर्न सकेपछि विदेशतिरै गएर थप अध्ययन गर्ने र होटल क्षेत्रमै काम गर्ने चाहना थियो। तर नेपालमै पनि होटल व्यवसायको राम्रो सम्भावना देखेपछि साथीहरू मिलेर यतै काम गर्ने सोच आयो। त्यसैको मूर्त रूप हो रिगल फ्लेभर्स।’

रेस्टुरेन्टमा स्वादिष्ट खानेकुराका विविध परिकार पस्कँदै आएको म्यानेजिङ डाइरेक्टर रेवन्तकुमार क्षेत्रीले जानकारी दिए। उनले समुदायलाई सहयोगी भाव राख्ने भावनाका साथ युवा मिलेर अन्य भूगोलको खोजी नगरी आफ्नै मातृभूमिका केही गर्न लागेको सन्देश पनि दिने प्रयास गरिएको बताए।

उद्घाटन समारोहमा कैदीबन्दी र उनीहरूका परिवारलाई सहयोग गर्ने संस्था, कैदी सहायता मिसनले बालबालिकालाई उपस्थित गराएको थियो। अतिथिहरूले ती बालबालिकासँगै बसेर खाना खाएका थिए।

समुदायप्रति उत्तरदायी बन्ने प्रयासअनुरूप जेलजीवन बिताइरहेकाको सन्तानलाई सहयोग गरिएको सञ्चालक अधिकारीले जानकारी दिए। उनले भने, ‘रेस्टुरेन्टसँगै बालबालिकालाई निम्त्याएर थोरै भए पनि सहयोग गरेका हौँ। अन्यका लागि पनि यो यो उदाहरणीय बन्नेछ भन्ने हामीलाई विश्वास छ।’

प्रकाशित: १ पुष २०८० १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =