विवाहपञ्चमी महोत्सव : गरियो तिलकोत्सव

हिमाल प्रेस २९ मंसिर २०८० २०:५१
24
SHARES
विवाहपञ्चमी महोत्सव : गरियो तिलकोत्सव

जनकपुर- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत शुक्रबार तिलकोत्सव विधि गरिएको हो।

राममन्दिरको परिसरमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णव पुगेका थिए। प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ अंकमाल गर्दै सम्धी मिलन गर्छन्। यस वर्ष जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीले सम्धी मिलन गरेका थिए।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास परिहाससमेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

विवाहपञ्चमीको पाँचौँ दिन शनिबार माता सीताको मटकोर हुन्छ। मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने आइतबार विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ। सोमबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरूपमा सम्पन्न हुनेछ।

प्रकाशित: २९ मंसिर २०८० २०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =