सेती बाँध खोलेर हेर्दा मृत भेटिए बेपत्ता युवक

हिमाल प्रेस २८ मंसिर २०८० १९:३५
40
SHARES
सेती बाँध खोलेर हेर्दा मृत भेटिए बेपत्ता युवक सेती नदी

पोखरा- उपचारका क्रममा मणिपाल अस्पतालमा भर्ना भएका एक बिरामी सेती नदीमा मृत फेला परेका छन्। बेपत्ता भएको आशंकामा सेती बाँध खोलेर खोजी गर्दा तनहुँ घर भई हाल पोखरा १६, लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र मृत फेला परेका हुन्।  बिहीबार दिउँसो पोखरा-३, नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा उनको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार युवकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

उनीसँगै गएका बाबु औषधि लिन गएको बेला अस्पतालको इमरजेन्सी विभागबाट संगम एक्कासि सम्पर्कविहीन भएका थिए। उनको लगाएको कपडा र परिचयपत्र मणिपाल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले प्रहरीले खोजीका लागि दिउँसो सेती बाँध खोलेको थियो। प्रहरीले अघिल्लो दिन नै सूचना जारी गरी उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो।

प्रकाशित: २८ मंसिर २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =