हराएकी बालिका मृत फेला

हिमाल प्रेस १५ माघ २०७९ १३:०३
22
SHARES
हराएकी बालिका मृत फेला प्रतिनिधिमूलक तस्बिर।

महोत्तरी- महोत्तरीको लोहारपट्टी नगरपालिका-५, डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज (आइतबार) पोखरीमा मृत फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी ४ वर्षीया अंशुकुमारी बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्।

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलास गरिसक्दा पनि फेला पारेका थिएनन्।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो। मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रकाशित: १५ माघ २०७९ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =