मैत्रीपूर्ण फुटसल

प्रतिनिधिसभासँग केही लागेन राष्ट्रियसभाको [तस्बिरहरू]

दिपेश श्रेष्ठ २६ मंसिर २०८० १४:०३
4
SHARES
प्रतिनिधिसभासँग केही लागेन राष्ट्रियसभाको [तस्बिरहरू]

काठमाडौँ– १७ औँ संघीय संसद् सेवा दिवस २०८० का अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा राष्ट्रियसभाले निकै कमजोर प्रदर्शन गरेको छ। प्रतियोगितामा प्रतिनिधिसभा सदस्य (नीलो जर्सी) को टिम ४-० गोल अन्तरले विजयी भएको हो।

भृकुटीमण्डपस्थित फनपार्कभित्रको गोल्ज फुटसलमा मंगलबार आयोजित प्रतियोगितामा प्रतिनिधिसभाका तर्फबाट माधव सापकोटाले २, विश्वप्रकाश शर्मा र विराजभक्त श्रेष्ठले १/१ गोल गरेका थिए। राष्ट्रियसभाको टिमले अनेक प्रयास गर्दा पनि एक गोल गर्न सकेन।

प्रतिनिधिसभाको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए। मंसिर २६ र मंसिर २७ गते हुने फुटसल प्रतियोगिताको उद्घाटनका क्रममा मैत्री पूर्ण फुटसल खेल भएको थियो। खेलमा प्रतिनिधि सभा सदस्य टिमको नेतृत्व सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा सदस्य टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए।

 

प्रकाशित: २६ मंसिर २०८० १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =