१७ वर्षे किशोरले बस चोरेपछि…

हिमाल प्रेस २४ मंसिर २०८० १७:३२
26
SHARES
१७ वर्षे किशोरले बस चोरेपछि… चोरी भएको बस।

पोखरा– पोखराको पृथ्वीचोकमा पार्किङमा राखेको बस चितवनमा फेला परेको छ। उक्त बस चोरेपछि चलाएर लैजाने अरु कोही नभएर १७ वर्षीय एक किशोर हुन्। कास्की प्रहरीले ग १ ख ९६३८ नम्बरको बस चोरीको अभियोगमा १७ वर्षका उनलाई पक्राउ गरेको जनाएको छ।

शुक्रबार राति पार्किङमा राखिएको सो बस एक्कासि हराएपछि प्रहरीलाई जानकारी दिइएकोमा खोजतलास गर्ने क्रममा शनिबार राति एक बालकले भरतपुर महानगरपालिका वडा ११, आँपटारीमा चलाउँदै गरेको अवस्थामा चितवन प्रहरीले भेटाएको कास्की प्रहरीको दाबी छ।

यति सानो उमेरकाले पनि लामो दुरीको बस नै चलाउन सक्छन् ? भन्ने जिज्ञासामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले सहज उत्तर दिए, ‘सक्दा रहेछन्।’ उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती किशोरले नै पोखराबाट बस चलाएर लगेको भन्ने खुलेको र यसको गहिरो अनुसन्धान भइरहेको छ।

निज किशोरलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी विकले बताए। यसैबीच, २ स्कुटर चोरी अभियोगमा कास्की प्रहरीले बाग्लुङका १७ वर्षीय अर्का किशोरलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ मंसिर २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =