बूढीगण्डकी आयोजना सफल पार्नैपर्छ : ओली

हिमाल प्रेस २३ मंसिर २०८० १५:०४
2
SHARE
बूढीगण्डकी आयोजना सफल पार्नैपर्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सफल बनाउनैपर्नेमा जोड दिएका छन्। पार्टीको झुलाघाट-चिवाभन्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत शनिबार गोरखामामा आयोजित कार्यक्रममा ओलीले बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताएका हुन्।

बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेकाले पनि यसलाई निर्माण गर्नैपर्ने उनले बताए। नेपालका परियोजना नेपालाई फाइदा हुने गरी जुन देशले बनाउँछु भन्छन् त्यही देशलाई दिनुपर्ने ओलीले प्रस्ट पारे।

अध्यक्ष ओलीले एउटा छिमेकीलाई परियोजना दिनैपर्ने र अर्कोलाई दिनै नहुने भन्ने हुन नसक्ने बताए। उनले भने, ‘अहिलेको अवस्थामा नेपाल सरकार आफैँले ठूलाठूला आयोजनाको काम गर्न सक्दैन। कर्मचारीलाई तलब खुवाउनै ऋण लिने सरकारले कर्णालीजस्ता ठूला आयोजना आफैँ बनाउँछौँ भन्ने कुरा गफ मात्रै हो।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई गोरखाका राजनीतिक दलहरूको तर्फबाट सर्वदलीय मागपत्र हस्तान्तरण गरिएको थियो। ओलीले मागपत्रका सन्दर्भमा नेकपा एमाले गम्भीर रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =