मेरो प्रधानमन्त्रीकालमा कसैलाई जग्गा दिने निर्णय भएको छैन : माधव नेपाल

हिमाल प्रेस २३ मंसिर २०८० १५:०१
22
SHARES
मेरो प्रधानमन्त्रीकालमा कसैलाई जग्गा दिने निर्णय भएको छैन : माधव नेपाल

पोखरा- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका छन्। पोखरामा शनिबार पत्रकार सम्मेलनमा उनले आफू संलग्न नरहेको दाबी गरेका हुन्।

आफू झन्डै दुई वर्ष प्रधानमन्त्री भएको स्मरण गर्दै उनले आफ्नो पालामा कसैलाई जग्गा दिने निर्णय नभएको स्पष्ट पारे।

पूर्वप्रधानमन्त्री नेपालले राजावादीको पछिल्लो क्रियाकलापको पनि आलोचना गरे। ‘जनताका छोराछोरी राष्ट्रपति हुँदा देखिसहेका छैनन्,’उनले भने।

उद्योग खोलेर जनतालाई रोजगारी दिन पूर्वराजालाई उनको सुझाव थियो। उनले आफ्नो पार्टी जनहितविपरीतका सबै क्रियाकलापको विरुद्धमा रहेको बताए।

प्रकाशित: २३ मंसिर २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =