ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात

हिमाल प्रेस २२ मंसिर २०८० १०:५२
4
SHARES
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात तस्बिरः रासस

ताप्लेजुङ- ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन्।

ओलाङ्चुङगोला, याङमा घुन्सा, लेलेप, गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका टासी तेन्जिङले बताए।

सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित नभएको उनले बताए। प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।

वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ।

प्रकाशित: २२ मंसिर २०८० १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =