देशका उच्च पहाडी भू-भागमा हिमपात [फोटो फिचर]

हिमाल प्रेस १८ माघ २०८० १६:२५
86
SHARES
देशका उच्च पहाडी भू-भागमा हिमपात [फोटो फिचर]

काठमाडौँ- देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार बिहानैदेखि हिमपात भएको छ। हुम्लाको सिमकोट विमानस्थल, रुकुम पूर्वको दादिङ्कोडाँडा, म्याग्दी र मुस्ताङ जिल्ला जोड्ने टोड्के–धवलागिरि पदमार्गमा हिउँ परेको छ।

हुम्लामा तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन्। हिउँले अन्नबालीलाई मल हुने किसान बताउँछन्। त्यसैगरी जुम्लाको सदरमुकाम खलंगा बजारमा पनि हिउँ परेको छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ।

त्यस्तै आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा हिमपात भएकाे छ।

 

सबै तस्बिर : रासस

प्रकाशित: १८ माघ २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =