एनसेल खरिदबिक्री तत्काल अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

हिमाल प्रेस २१ मंसिर २०८० १७:४४
10
SHARES
एनसेल खरिदबिक्री तत्काल अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश काठमाडौँको लैनचौरस्थित एनसेल आजियाटाको कर्पोरेट भवन। तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

काठमाडौँ- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अघि नबढाउन अदातले अन्तरिम आदेश जारी गरेको छ। आज उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले सेयर खरिद प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालतले मंसिर २५ गतेसम्म एनसेलको सेयर दर्ता किताबमा दर्ता नगर्न र नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा आदेश जारी गरेको हो।

आदेशमा उल्लेख छ, ‘खरिदबिक्री भएका एनसेलका सेयरहरू दर्ता किताबमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ।’

अदालतले दुवै पक्षलाई मंसिर २५ गते बोलाएको छ। एनसेलले सेयर खरिदबिक्री गर्ने निर्णयको विरोधमा गोकुलबहादुर रोकायालगायत उच्च अदालत पुगेका थिए।

प्रकाशित: २१ मंसिर २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =