अमेरिकी सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक र प्रधानसेनापतिबीच शिष्टाचार भेट

हिमाल प्रेस २० मंसिर २०८० १९:२६
14
SHARES
अमेरिकी सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक र प्रधानसेनापतिबीच शिष्टाचार भेट

काठमाडौँ- नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एड्मिरल एलीन लाउबाचरले प्रधानसेनापति प्रभुराम शर्मासँग बुधबार शिष्टाचार भेट गरेकी छन्।

जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

भेटघाटमा नेपालका लागि अमेरिकाी राजदूत डिन आर थम्प्सन पनि उपस्थित थिए।

प्रकाशित: २० मंसिर २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =