एनसेल प्रकरण : १५ दिनभित्र सबै विवरण पेस गर्न प्राधिकरणलाई समितिको निर्देशन

हिमाल प्रेस २० मंसिर २०८० १६:५२
6
SHARES
एनसेल प्रकरण : १५ दिनभित्र सबै विवरण पेस गर्न प्राधिकरणलाई समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न निर्देशन दिएको छ।

एनसेलको सेयर खरिद बिक्रीका विषयमा समितिमा अहिलेसम्म भएका गतिविधिको सम्पूर्ण विवरण पेस गर्न समितिले निर्देशन दिएको हो। समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले एनसेलको सेयर खरिद बिक्रीका विषयमा तत्काल सत्यतथ्य जानकारी गराउन माग गरेका थिए।

समितिको अर्को बैठकमा एनसेलका प्रमुख कार्यकारी अधिकृत, अर्थ मन्त्री, दूरसञ्चार प्राधिकरणका पदाधिकारीलगायतलाई उपस्थित हुन निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए।

प्रकाशित: २० मंसिर २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =