काठमाडौँ- प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल खरिद–बिक्री प्रकरणमा ठूला नेता र उच्च पदस्थको ‘डिल’ भएको आरोप लगाएका छन्। आज बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सिंहले एनसेल प्रकरणमा शंका गर्ने ठाउँ धेरै रहेको बताएका हुन्।
‘यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट भएको छ,’ उनले भने, ‘यो डिल सफल भएमा माफिया राज्य घोषणा गर्दा फरक पर्दैन।’
उनले ११ अर्ब मुनाफा गर्ने कम्पनी ६ अर्बमा कसरी बेचियो भन्दै प्रश्न गरे । उनले थप प्रश्न गर्दै भने,’मुनाफा ११ अर्ब गर्ने कम्पनी ६ अर्बमा बेचियो ? ४० अर्ब लोन छ कसरी ६ अर्बमा बेचियो?’
प्रकाशित: २० मंसिर २०८० १६:२३
प्रतिक्रिया