राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित

हिमाल प्रेस २० मंसिर २०८० १५:२५
86
SHARES
राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित

काठमाडौँ- राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति भएको छ। देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको हो।

५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रकाशित: २० मंसिर २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =