आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : केपी ओली

हिमाल प्रेस १८ मंसिर २०८० १४:३२
22
SHARES
आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँछ : केपी ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन्।  सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन्।

उनले एमालेलाई सरकारबाट हटाएरदेशमा आतंक मच्चाइएको जिकिर गरे। एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र विकास गर्न सक्ने बताए। आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धीका लागि संकल्प यात्रा आयोजना गरिएको उनको भनाइ छ।

उनले एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको पनि बताए।

प्रकाशित: १८ मंसिर २०८० १४:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =