महाधिवेशनको मिति विवादमा परेपछि एकीकृत समाजवादीको बैठक बस्दै

हिमाल प्रेस १८ मंसिर २०८० ८:०२
4
SHARES
महाधिवेशनको मिति विवादमा परेपछि एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न आज (सोमबार) सचिवालय बैठक बोलाएको छ।

महाधिवेशनको नयाँ मिति टुंगो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो। सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको हो। समाजवादीको महाधिवेशनको मिति विवादमा परेको छ। अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा चुनावलाई लिएर मिति सार्न लागिरहेका छन्।

यता समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने मिति सार्न नमिल्ने बताइरहेका छन्। महाधिवेशनको मिति विवादमा परेको छ। दुवै नेता अध्यक्षका दाबेदार हुन्। उनीहरू महत््तवपूर्ण समयमा महाधिवेशन गराउने तयारीमा छन्।
पार्टीको नेतृत्व सर्वसम्मतिबाट तय गर्ने तयारी भइरहेको प्रवक्ता खतिवडा सुनाउँछन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।

प्रकाशित: १८ मंसिर २०८० ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =