राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मे‍दवारी दर्ता [निर्वाचन कार्यतालिकासहित]

हिमाल प्रेस १७ मंसिर २०८० १६:०८
6
SHARES
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मे‍दवारी दर्ता [निर्वाचन कार्यतालिकासहित] निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आगामी माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो।

कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य पुस २२ गतेसम्म चल्नेछ। पुस २२ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ। मतदान सकिएपछि सोही दिनै मतगणना हुने आयोगलले जनाएको छ।

यस्तो छ निर्वाचन कार्यतालिका

प्रकाशित: १७ मंसिर २०८० १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =