महिला हिंसा न्यूनीकरणलाई उद्योग स्थापना

हिमाल प्रेस १६ मंसिर २०८० ८:४६
8
SHARES
महिला हिंसा न्यूनीकरणलाई उद्योग स्थापना

सिरहा- सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन्।

ओरेक नेपाल सिरहाको वार्षिक व्यावसायिक योजनाअन्तर्गत जनही २० हजार रुपैयाँ गरी कूल ८० हजार रुपैयाँ आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिए।

उनको अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो।

‘श्रीमान् तथा सासू-ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनको लागि हामीले ‘बीउपुँजी’ स्वरूप सानो रकम उहाँहरूलाई उद्योग सञ्चालन गर्नको लागि उपलब्ध गराउँछौँ’, संयोजक चौधरीले भने, ‘यसले उहाँहरुको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ।’

उनको अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन्।

ओरेक नेपाल सिरहाले गरेको यसप्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनःस्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताए। साथै हिंसा प्रभावित महिलाको समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

चारदिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न रहेका हिंसा प्रभावित महिला निकै उत्साहित भएका छन्। यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरुलाई लागेको उनीहरुले बताए।

प्रकाशित: १६ मंसिर २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =