तस्बिरमा कस्तुरीको बिनादेखि बीपीसम्म

हिमाल प्रेस ६ पुष २०८० ९:५८ | Friday, December 22, 2023
तस्बिरमा कस्तुरीको बिनादेखि बीपीसम्म बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहबाट सशस्त्र प्रहरी बलको टोलीले बिहीबार चेकजाँचका क्रममा बरामद गरेको दुर्लभ वन्यजन्तु कस्तुरीको बिना।
दाङको घोराही उपमहानगरपालिकाको कार्यालय परिसरमा देखिएको भद्राई चरा। यो चरा हिउँदमा तराई झर्ने र गर्मी याममा पहाडमा बस्ने गर्दछ।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा लटरम्म फलेको सुन्तला र गुर्जा, चुरेन हिमालको दृश्य।
पुसको कठ्याङ्ग्रिदो चिसोमा खाली खुट्टा र शरीरमा न्यानो कपडा नलगाई कक्षा कोठामा काँपेर अध्ययन गरिरहेका चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ बालबालिका। यहाँ दिवा खाजासमेत रोकिँदा विद्यालय आउने बालबालिकाको सङ्ख्या घटेको छ भने तीनवटै कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर पढाउने गरिएको छ।
दाङको राप्ती गाउँपालिका–२ स्थित लालमटियाका महिला जङ्गलबाट घरमा दाउरा ल्याउँदै। दाउरामा पकाइएको खाना ग्यासमा पकाएको भन्दा स्वादिलो हुन्छ।
पूर्वपश्चिम रेलमार्गको सिमरा बर्दिबास खण्डमा रेलको लिक बिछ्याइने, ड्याम बनाउने काम गरिँदै। अहिले यस खण्डको बर्दिबास–१४ मा धमाधम माटो बिछ्याएर लिक राख्ने ठाउँ निर्माण गरिँदै छ।
चितवनको कालिका नगरपालिका–१० तीनदोभानमा चराउन राखिएका मौरीका घार। अहिले चिउरी फूल्ने मौसम भएका कारण किसानले मौरी चराउन यस क्षेत्रमा लैजाने गरेका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित पर्यटकीय गाउँ धारापानी र पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमाल।
कञ्चनपुरको बेलौरी नगरपाालिका–३ मा सञ्चालित गुड बनाउने घरेलु उद्योगमा किसानले बेच्न ल्याएको उखु परम्परा विधिबाट काँटामा जोख्दै मजदुर। ठूला चिनी मिल सञ्चालनमा आएपछि गुड उद्योग धमाधम बन्द हुन थालेको छ।
तनहुँको व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा निर्माण गरी बीपी पार्कमा राखिएको बीपी कोइरालाको सालिक। २०३६ साल असोज ६ गते बेलवृक्ष मञ्चबाट बीपी कोइरालाले भाषण गरेको सम्झनामा नेपाली कांग्रेसले सालिक बनाएको हो।
तनहुँको देवघाट गाउँपालिका–३ का ल्हुङ्ग्रिङवासी बजार लैजान सुन्तला ग्रेडिङ गर्दै।

सबै तस्बिर रासस

प्रकाशित: ६ पुष २०८० ९:५८ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast