सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

हिमाल प्रेस २३ कार्तिक २०८० २१:११
22
SHARES
सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

काठमाडौँ- सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने सञ्चारकर्मीलाई नेपाली सेनाको सांगठनिक स्वरुप, जिम्मेवारी र भूमिकालगायत विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ।

सैनिक मुख्यालयमा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराइएको थियो। सहभागीलाई नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो।

बलाध्यक्ष रथी सीताराम खड्काले कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०८० २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =