इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

हिमाल प्रेस २२ कार्तिक २०८० १७:१७
6
SHARES
इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

जाकर्ता- इन्डोनेसियामा ७.१ म्याग्निच्युडको शक्तिकालि भूकम्प गएको छ। इन्डोनेसियाको बान्दा सागरमा बुधबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले जानकारी गराएको छ। भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै विवरण आएको छैन।

युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गराएको थिएन। प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११:५३ बजे ६.९ म्याग्निच्युडको भूकम्प आएको थियो।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो।

‘भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ,’ सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भनेकी छन्, ‘विशेष गरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ।’ प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’मा रहेका कारण इन्डोनेसियामा लगातार भूकम्प जाने गरेको छ।

जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो। गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसंख्या भएको पश्चिमी जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्पमा ६०२ जनाको मृत्यु भएको थियो।

सन् २००४ मा सुमाद्रको तटमा गएको ९.१ म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै १ लाख ७० हजारसहित कुल २ लाख २० हजार मानिसको मृत्यु भएको थियो। रासस/एएफपी

प्रकाशित: २२ कार्तिक २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =