पोखराको लेकसाइड २४ घन्टा नै खुला गर्न अदालतको आदेश

हिमाल प्रेस २२ कार्तिक २०८० १७:०३
20
SHARES
पोखराको लेकसाइड २४ घन्टा नै खुला गर्न अदालतको आदेश फाइल तस्बिर।

काठमाडौँ- पोखराको लेकसाइड २४ घन्टा नै खुला गर्न अदालतले आदेश दिएको छ। पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घन्टा खुला गर्न माग गर्दै देवीकुमारी बरालले दायर गरेको रिटमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।

बरालले उक्त रिटमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। लेकसाइड २४ घन्टा नै खुला गर्ने या नगर्ने विषयमा लामो समयदेखि छलफल भने चल्दै आइरहेको थियो।

प्रकाशित: २२ कार्तिक २०८० १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =