टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमले ५० लाख रुपैयाँ पाउने

हिमाल प्रेस २० कार्तिक २०८० १८:१४
12
SHARES
टी-२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमले ५० लाख रुपैयाँ पाउने

काठमाडौँ- टी–२० विश्वकप एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमले ५० लाख रुपैयाँ नगद पाउने भएको छ। नेपाल क्रिकेट संघ क्यानले ५० लाख रुपैयाँबाट सम्मान गर्ने भएको हो।

त्यसका लागि निर्णय पनि गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

त्यस्तै मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१९ प्रिमियर कप जितेर आगामी जनवरीमा हुने यू–१९ एसिया कपमा छनोट भएको यु–१९ टिमका सदस्यले जनही ५० हजार रुपैयाँ पाउने छन्। त्यसका लागि पनि निर्णय गरिएको क्यानको भनाइ छ।

प्रकाशित: २० कार्तिक २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =