घोराही उपमहानगरपालिकाले भूकम्पपीडितलाई १५ लाख सहयोग

हिमाल प्रेस २० कार्तिक २०८० ८:१९
2
SHARE
घोराही उपमहानगरपालिकाले भूकम्पपीडितलाई १५ लाख सहयोग

दाङ- घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो।

पाँचलाख सहयोग

यसैबीच नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए।

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए। प्रदेशसभामा एमालेका २७ सदस्य छन्।

प्रकाशित: २० कार्तिक २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =