किन्ने हैन त सुनचाँदीका सिक्का? [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ कार्तिक २०८० १२:१९
46
SHARES
किन्ने हैन त सुनचाँदीका सिक्का? [तस्बिरहरू]

काठमाडौँ-  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुनचाँदीको सिक्का बिक्री सुरु गरेको छ। महाशाखाले आइतबार सर्वसाधारणका लागि तिहार लक्षित सुनचाँदीका सिक्का बेच्न थालेको हो।

सुनचाँदीका यस्ता सिक्का लक्ष्मीपूजाका दिनमा घरमा पूजा गर्ने चलन छ। सोही कारण महाशाखामा सुनचाँदीका सिक्का किन्नेको लाम लागेको छ।

महाशाखाका अनुसार १० ग्राम सुनको असर्फीको मूल्य एक लाख दुई हजार ३६५ रुपैयाँ तोकिएको छ। यस्तै पाँच ग्राम असर्फीको मूल्य ५१ हजार १८३ रुपैयाँ पर्छ भने साढे दुई ग्राम सुनको असर्फीको मूल्य २५ हजार ५९२ रुपैयाँ तोकिएको महाशाखाले जनाएको छ।

१० ग्राम चाँदीको सिक्का (लक्ष्मी अंकित मेडालियन) को एक हजार ६ सय रुपैयाँ पर्छ। उक्त परिमाणमा गणेश अंकित मेडालियन र गजलक्ष्मी अंकित मेडालियन चाँदीको सिक्काको मूल्य पनि एक हजार ६ सय रुपैयाँ तोकिएको छ।

१० ग्राम गाई अंकित मेडालियनको एक हजार ६ सय रुपैयाँ र २५ ग्रामको गाई अंकित मेडालियन चाँदीको सिक्काको मूल्य चार हजार रुपैयाँ तोकिएको छ।

 

प्रकाशित: १९ कार्तिक २०८० १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =