रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

हिमाल प्रेस १८ कार्तिक २०८० २२:३९
6
SHARES
रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु भूकम्पबाट रुकुम पश्चिममा भत्किएको घर। तस्बिर : रासस

रुकुम पश्चिम– रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ। शुक्रबार रातिदेखि सुरु भएको उद्धार शनिबार साँझ सकिएको हो। भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

भूकम्पबाट आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो। घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन्।

भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो। अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिएका छन्।

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका-२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ। मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब आइतबारदेखि राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले बताए।

प्रकाशित: १८ कार्तिक २०८० २२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =