भूकम्पका घाइतेको उपचार काठमाडौँस्थित शिक्षण अस्पतालमा

हिमाल प्रेस १८ कार्तिक २०८० १८:१७
8
SHARES
भूकम्पका घाइतेको उपचार काठमाडौँस्थित शिक्षण अस्पतालमा

काठमाडौँ- शुक्रबार राति गएको भूकम्पमा परी भाइते भएका ८ जनाको उपचार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार ३ जना बालबालिकसहित ८ जनाको उपचार काठमाडौँमा भइरहेको हो। उनीहरूमा रुकुमपश्चिमको सानोभेरी गाउँपालिका–१की १२ वर्षीया निरुता पुन, २० वर्षीया शुशिला बुढा, २१ महिनाका बालक रिशब बुढाथोकी र २० वर्षीया बिमला ओली बुढाथोकी, २२ वर्षीय गोपाल बुढाथोकी र ६२ वर्षीय साबित्री चन्द रहेका छन्।

त्यस्तै त्यस्तै रुकम पश्चिमकै वालिवाड–४की ५५ वर्षीया मैनी ओली र मुसीकोट नगरपालिका–७ की २१ दिनकी बालिका सीता पाण्डेको उपचार काठमाडौस्थित शिक्षण अस्पतालमा भइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =