तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

हिमाल प्रेस १८ कार्तिक २०८० ९:१५
4
SHARES
तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

काठमाडौँ- सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन्।

उनले उद्धार र राहतमा सक्रियरूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन्।

सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु।’

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =