बर्दीयामा बाघको आक्रमणबाट युवतीको मृत्यु

हिमाल प्रेस १७ कार्तिक २०८० १९:४९
8
SHARES
बर्दीयामा बाघको आक्रमणबाट युवतीको मृत्यु

काठमाडौँ- बर्दियाको मधुवनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका ५ शक्तिपुरकी २८ वर्षीया युवती गायत्री डाँगीलाई चिरौटे सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको हो।

बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएकी गायत्रीको शव स्थानीयको सहयोगमा प्रहरीले खोजी गरेको थियो। पोस्टमार्टमपछि उनको शव आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =