प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा दिए बधाई

हिमाल प्रेस १७ कार्तिक २०८० १८:११
18
SHARES
प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा दिए बधाई

काठमाडौँ– आगामी वर्ष अमेरिका र वेस्‍टइन्डिजमा हुने टी–२० आई विश्वकपका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टोलीलाई बधाई दिएका छन्।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल प्रतियोगिताको फाइनल तथा विश्वकपमासमेत छनोट भएको हो।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारका तर्फबाट उच्च सम्मान गर्दै सफलताको यात्रामा सरकार सधैं साथमा रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रकाशित: १७ कार्तिक २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =